मधेश प्रदेशमा कर्जा लगानी १२.१७ प्रतिशतले वृद्धि, औद्योगिक क्षेत्रतर्फ १ खर्ब २५ अर्ब

बिजमाण्डू
२०८२ असार ५ गते १८:१७ | Jun 19, 2025
मधेश प्रदेशमा कर्जा लगानी १२.१७ प्रतिशतले वृद्धि, औद्योगिक क्षेत्रतर्फ १ खर्ब २५ अर्ब

काठमाडौं। मधेश प्रदेशमा कर्जा लगानी १२.१७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मधेशमा कर्जा लगानी ४ खर्ब ८८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

Tata
GBIME

मधेश प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार निक्षेप परिचालन १३.१७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। जसमध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५८.९५, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.१६ र निर्माण उद्योगतर्फ ५.४४ प्रतिशत प्रवाह गरिएको हो।