निजामती विधेयक कार्यसूचीमा नपरेकामा असन्तुष्टि, नागरिकता विधेयकबारे प्रतिवेदन पेस

बिजमाण्डू
२०८२ असार ५ गते १६:१० | Jun 19, 2025
निजामती विधेयक कार्यसूचीमा नपरेकामा असन्तुष्टि, नागरिकता विधेयकबारे प्रतिवेदन पेस

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गरेका छन्।

Tata
GBIME

प्रतिनिधि सभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै उनले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा बृहत छलफल भएको बताए। सरोकार भएका पक्षसँग छलफल गरी विधेयकलाई समितिका तर्फबाट अन्तिम रुप दिइएको सभापति खतिवडाले जानकारी दिए।

आमाको नामबाट नागरिकता दिने व्यवस्था समितिले गरेको बताउँदै उनले आमा र देशलाई माया नगर्नेले कसैलाई पनि माया नगर्ने भएकाले आमाको नामबाट नागरिकता दिँदा कसैलाई आपत्ति हुननहुने धारणा राखेका छन्।

निजामती विधेयकसम्बन्धी समितिका तर्फबाट प्रतिनिधि सभामा प्रतिवेदन पेस गरिसकिएको उल्लेख गर्दै सभापति खतिवडाले आजको कार्यसूचीमा नपरेमा असन्तुष्टि पोखे। उनले सो विधेयक शीघ्र पारित हुने विश्वास व्यक्त गरेका छन्।