एनआईएमबीका ग्राहकहरुले हिल्टन होटेलमा फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउने

बिजमाण्डू
२०८२ असार ५ गते १४:४७ | Jun 19, 2025
एनआईएमबीका ग्राहकहरुले हिल्टन होटेलमा फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरुले काठमाडौंको नक्सालस्थित हिल्टन होटेलमा विषेश छुट पाउने भएका छन्।

Tata
GBIME

एनआईएमबी र हिल्टन होटेल बीच छुट दिनेबारे सम्झौता भएको हो। जस अन्तर्गत एनआईएमबीका ग्राहकहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशत सम्म छुट दिइने कम्पनीले जनाएको छ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट कार्ड, क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्नेछ।