जीलीको ‘ग्यालेक्सी ईएक्स५’को मूल्य ५८ लाख रुपैयाँ, जुनयाओको जेवाई इयर सेडानको कति?

बिजमाण्डू
२०८२ असार ५ गते ०९:४९ | Jun 19, 2025
जीलीको ‘ग्यालेक्सी ईएक्स५’को मूल्य ५८ लाख रुपैयाँ, जुनयाओको जेवाई इयर सेडानको कति?

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी जीलिको ग्यालेक्सी गाडी एलआरआर मोटर्सले नेपाल ल्याएको छ। कम्पनीले बिहिबार एक सूचना जारी गर्दै गाडी भन्सान छुटाउन अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) प्रकाशित गरेको छ।

Tata
GBIME

कम्पनीले ल्याएको जीलीको ग्यालेक्सी ईएक्स५ प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, ग्यालेक्सी म्याक्स भेरियन्टको मूल्य ६७ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यी दुवै गाडीमा १६० किलोवाट क्षमताका मोटर पावर उपलब्ध छन्। साथै ६०.२२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छन्।

यसमा फ्रन्ट ह्वील ड्राइभिङ सिस्टम छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिने वर्ल्ड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसिड्युर(डब्लुएलटीपी) को दावी छ। यसको रियल टाइम रेन्ज भने ३८१ किलोमिटर रहेको छ।

चिनियाँ ब्रान्ड जुनयाओको गाडी पनि यही कम्पनीले नै ल्याउने भएको छ। कम्पनीले त्यसका लागि पनि मूल्य सार्वजनिक गरेको छ।

कम्पनीले जुनयाओ ब्रान्डको जेवाई इयर सेडानको ६७ लाख ९९ हजार ९९९ रुपैयाँ राखेको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर प्रदान गरिएको छ। यसमा ६४ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री राखिएको कम्पनीले जनाएको छ।

यस्तै, भेरियन्ट जुनयाओ जेवाई इयर लाइट भेरियन्टको ५४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर दिइएको छ भने ५१.२ किलोवाट आवर(युनिट) क्षमता ब्याट्री प्याक छ।