एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ चीनमा सार्वजनिक भएको ४६ मिनेटमै १० हजार प्रि-अर्डर

बिजमाण्डू
२०८२ असार १ गते १९:३९ | Jun 15, 2025
एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ चीनमा सार्वजनिक भएको ४६ मिनेटमै १० हजार प्रि-अर्डर

काठमाडौं। एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले कीर्तिमान बनाएको छ। ११ जुनमा चीनमा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजारभन्दा बढी प्रि-अर्डर प्राप्त गर्न सफल भएको कम्पनीले दाबी गरेको छ।

Tata
GBIME

यस उत्साहजनक प्रतिक्रियाले एक्सपेङको प्रविधिमा आधारित नवीनताप्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काउने कम्पनीले जनाएको छ।

जी७ मा एक्सपेङद्वारा विकास गरिएको ‘ट्युरिङ एआई चिप’, हुवावेसँगको सहकार्यमा तयार गरिएको ८७-इन्चको एआर-एचयूडी डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा र ५सी अल्ट्रा-फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्। ७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले जी७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ।

नेपालमा सीजी मोटर्सले एक्सपेङको एआई मोबिलिटीको भिजनलाई जी६ को रूपमा यसअघि नै भित्र्याइसकेको छ।

जी६ मा ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम, ८०० भोल्ट चार्जिङ, सेपा २.० आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्। यसले नेपाली सडकमा इभीको अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाएको कम्पनीको दाबी छ।

स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि एक्सपेङको विश्वव्यापी प्रगति र ‘एआई मोबिलिटीको भविष्य नेतृत्व गर्ने’ प्रतिबद्धता अब नेपालमा साकार हुने सीजी मोटर्सले जनाएको छ।