सेबोनले मुद्दती निक्षेपमा लगानी गर्दै, वाणिज्य बैंकहरुलाई ब्याजदर सहित माग्यो प्रस्ताव

बिजमाण्डू
२०८२ असार १ गते ११:५४ | Jun 15, 2025
सेबोनले मुद्दती निक्षेपमा लगानी गर्दै, वाणिज्य बैंकहरुलाई ब्याजदर सहित माग्यो प्रस्ताव

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बोर्डले अक्षयकोषको रकमलाई मुद्दतीमा लगानीका लागि बैंकहरुसँग सिलबन्दी प्रस्ताव आह्वान गरेको छ।

Tata
GBIME

वाणिज्य बैंकहरुले १ वर्षे ब्याजदर खुलाएर आइतबारदेखि ५ दिनभित्र कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न भनेको छ।

सिलबन्दी प्रस्तावहरू पेस गर्ने अन्तिम दिनको बेलुकी कार्यालयमा खोलिने सेबोनले जनाएको छ। लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहनेछ।

बोर्डको लगानी सम्बन्धी नीति तथा सिलबन्दी फाराम बोर्डको वेबसाइटमा राखिएको छ।