
काठमाडौं। प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्।
भिजिट भिसाका नाममा त्रिभुवन विमानस्थलमा भएको अवैध असुलीलाई लिएर जेठ १३ देखि बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग सत्तारुढ दलले दुई बुँदे सहमति गरेकामा रास्वपा र राप्रपाले भने अवरोधलाई निरन्तरता दिएका छन्।
ती दुई दलले सहमतिप्रति आफ्नो समर्थन नरहेको भन्दै अवरोधलाई निरन्तरता दिएका हुन्। सभामुख देवराज घिमिरेले दुई दलको अवरोधकैबीच बैठक सञ्चालन गरेका छन्।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जिम्मेवार प्रतिपक्षको हैसियतले संदनको अवरोध हटाउन सत्तारुढ दलसँग सहमति गरेको बताए।