कांग्रेस सभापति देउवाले बोलाए पार्टीको केन्द्रीय समितिको बैठक, असार १५ गते बस्ने

बिजमाण्डू
२०८२ जेठ ३० गते १५:०६ | Jun 13, 2025
कांग्रेस सभापति देउवाले बोलाए पार्टीको केन्द्रीय समितिको बैठक, असार १५ गते बस्ने

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। उनले असार १५ गतेका लागि बैठक तय गरेका हुन्।

Tata
GBIME

बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन। कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ‘केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’ भन्दै शुक्रबार बैठक बोलाइएको पत्र सार्वजनिक गरेका छन्।