नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल छनोट टुंगियो, कुन स्टलमा कुन ब्रान्ड देख्न पाइन्छ?

बिजमाण्डू
२०८२ जेठ २८ गते ११:५५ | Jun 11, 2025
नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल छनोट टुंगियो, कुन स्टलमा कुन ब्रान्ड देख्न पाइन्छ?

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले साउनमा हुने नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भाग लिने ब्रान्डको स्टल छनोट प्रक्रिया सकाएको छ। नाइमाले मंगलबार गोलाप्रथामार्फत स्टल छनोट प्रक्रिया टुंग्याएको हो।

Tata
GBIME

नाइमाको उक्त एक्सपो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

यसमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी ५० वटा ब्रान्डहरू सहभागी हुने भएका छन्। कुल ४८ स्टलमध्ये २१ वटा चार पाङ्ग्रे प्यासेन्जर ब्रान्डलाई, १८ वटा दुई पाङ्ग्रे ब्रान्डलाई र ९ वटा स्टल लाइट कमर्सियल ब्रान्डलाई प्रदान गरिएको छ।

उक्त एक्स्पोको हलभित्र अगाडि नै बीवाइडी र जिकर ब्रान्ड देख्न पाइनेछ। यसमा हल भित्रको इन्ट्री पोइन्टको एल१ स्टलमा जिकर र आर१ स्टलमा बीवाइडी देख्न पाइनेछ।

यस्तै, एल२ स्टलमा ओमोडा एण्ड जेको, एल४ स्टलमा हुन्डाई, एल५ स्टलमा प्रोटोन, एल६ स्टलमा एमजी, आर६ स्टलमा सिट्रोन, प्युजो र लिपमोटर, आर५ स्टलमा निसान, आर४ स्टलमा किया र आर२ स्टलमा महिन्द्रा ब्रान्डहरू देख्न पाइनेछ।

यसैगरी, हल बाहिर ए९ स्टलमा टोयोटा, ए१० स्टलमा मित्शुबिशी, ए७ स्टलमा म्याक्सस, ए८ मा हेन्री, ए५ मा एलएस अटो, ए६ मा फक्सवागन, ए३ मा ग्रेटवाल मोटर, ए४ मा फोर्थिङ, ए१ मा माज्दा र ए२ मा कायी ब्रान्ड देख्न पाइन्छ।

साथै, दुई पाङ्ग्रेका लागि डी१ स्टलमा ट्राइम्फ, डी१ स्टलमा बजाज, डी४ स्टलमा सिएफमोटो, डी३ स्टलमा गोगोरो, डी६ स्टलमा महेन्द्रा प्युजो, डी५ स्टलमा अल्ट्राभ्वाइलेटी र डी७ स्टलमा होन्डा ब्रान्ड रहेका छन्।

प्यासेन्जर गाडीमा बीवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लुएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्शुबिसी, निसान, ओमोडा एण्ड जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर छन्।

यस्तै, दुई पाङ्ग्रे सवारीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो छन्।

लाइट कमर्सियलमा चेरी वाङ्दा, डोङफेङ, फरीजोन, हावजी, कामा, क्यारी, किङलङ र सुनलङ छन्।

कुन स्टलको कति मूल्य?

ए१ देखि ए८ को प्रति स्टल मूल्य ५ लाख २५ हजार, ए९ देखि ए१० को प्रति स्टल मूल्य ६ लाख ७५ हजार छ। यस्तै, नाइमाको प्रिमियम स्टलको मूल्य १५ लाख ४७ हजारसम्म राखिएको छ। एल१ र आर१ को प्रति स्टलको मूल्य १४ लाख २८ हजार रुपैयाँ छ।

यस्तै, एल२ र आर२ प्रिमियम प्रति स्टलको १५ लाख ४७ हजार रुपैयाँ छ। एच१ प्रिमियम स्टलको ४ लाख ७६ हजार, एच२ प्रिमियम स्टलको मूल्य ६ लाख ६३ हजार रुपैयाँ छ।

एल४ र आर४ स्टलको मूल्य ११ लाख ८३ हजार रुपैयाँ छ। एल३ए, एल३बी र आर३ए प्रति स्टलको मूल्य ३ लाख ५१ हजार, आर३बी स्टलको ३ लाख १२ हजार रुपैयाँ, एल५, एल६, आर५ र आर६ को प्रति स्टल ८ लाख १९ हजार रुपैयाँ, एच३ ४ स्टल ४ लाख ८७ हजार रुपैयाँ मूल्य तोकिएको छ।

यसैगरी, सी१ देखि सी५ को प्रति स्टल २ लाख १६ हजार र डी१ देखि डी१२ को प्रति स्टलको ३ लाख १५ हजार रुपैयाँ छ।