होण्डाका चार पांग्रेको सर्भिस क्याम्प, सेफ्टी रीकलमा परेका गाडीलाई निःशुल्क एयरब्याग

बिजमाण्डू
२०८२ जेठ २७ गते १०:५९ | Jun 10, 2025
होण्डाका चार पांग्रेको सर्भिस क्याम्प, सेफ्टी रीकलमा परेका गाडीलाई निःशुल्क एयरब्याग

काठमाडौं। नेपालका लागि होण्डाका चार पाङ्‍ग्रे गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ। काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लालाई लक्षित गर्दै मंगलबारदेखि तीन दिने स्रभिस क्याम्प आयोजना गरेको हो।

Tata
GBIME

ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने क्याम्पमा होण्डाका गाडी प्रयोगकर्तालाई सेवा दिइने कम्पनीले जनाएको छ। क्याम्पमा सन् २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ।

क्याम्पमा गाडी लिएर आउने होण्डा प्रयोगकर्ता ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत कम्पनीले लेबर चार्जमा १०, पाटपुर्जामा ७, लुब्रिकेन्ट्समा ५, एसी रीफिलमा २० र डेन्टपेन्ट सेवामा १० प्रतिशत छुट दिने भएको छ। यसैगरी एचडीएस स्क्यान सेवा समेत निःशुल्क उपलब्ध गराइने जनाइएको छ।