
काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको कारोबार मूल्यमा झिनो घटबढ छ। सुन घटेको छ भने चाँदी बढेको छ। सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९० हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा सुन तोलामा १०० रुपैयाँ घटेको छ। गत शुक्रबारका तुलनामा ३ हजार रुपैयाँ घटेर आइतबार तोलाको १ लाख ९० हजार ७ सय रुपैयाँ भएको थियो।
महासंघका अनुसार गत बुधबारका तुलनामा बिहीबार ५ सय रुपैयाँ बढेर कारोबार मूल्य तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको थियो। शुक्रबार उक्त मूल्यमा स्थिर रहेको सुन आइतबार र सोमबार घटेको हो।
चाँदी तोलामा ५ रुपैयाँ बढेर गत शुक्रबारको मूल्यमा फर्किएको छ। शुक्रबार तोलाको २ हजार १ सय ५० रुपैयाँ थियो। त्यसमा आइतबार ५ रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ३३१७.२ डलर छ। आइतबार प्रति औंस ३३११.७ डलर थियो। चाँदी प्रति औंस ३६.११ डलर पुगेको छ। आइतबार ३५.९८ डलर थियो।