बीमा दाबी सम्बन्धी उजुरीमाथि सुनुवाइ गर्न प्राधिकरणले सञ्चालनमा ल्यायो इजलास



बिजमाण्डू
२०८२ जेठ २२ गते १४:३८ | Jun 5, 2025
बीमा दाबी सम्बन्धी उजुरीमाथि सुनुवाइ गर्न प्राधिकरणले सञ्चालनमा ल्यायो इजलास

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्न इजलास सञ्चालनमा ल्याएको छ। प्राधिकरणले आफ्नै कार्यालयमा बिहीबारदेखि इजलास सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू फर्छ्यौट गर्न छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालन गरिएको जनाइएको छ। इजलासले सुनुवाइ पनि सुरु गरेको छ।

प्राधिकरण सञ्चालकहरु अध्यक्ष शरद ओझाको अध्यक्षतामा मानबहादुर अर्याल, सन्तोष रिजाल र राधा पोखरेलको सहभागितामा बिहीबार नयाँ कक्षमा इजलास बसेको छ।

एक बीमितले बीमा कम्पनीबाट बीमा दाबीको भुक्तानी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो।