
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदानका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा प्रस्तुत गर्दै कृषि बीमामा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने बताए।
‘कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिनेछ। बाली तथा पशुबीमाका लागि दिइने अनुदानका लागि २ अर्ब ३० करोड रुपैया विनियोजन गरेको छु’,पौडेलले भने।
सरकारले चालु आर्थिक वर्षको तुलनामा कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम दोब्बर बढीले वृद्धि गरेका हुन। सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशतसम्म अनुदान दिंदै आएको छ।