महिन्द्राका दुईटा इभी छिट्टै नेपाल आउने, मूल्य ७६ लाखदेखि १ करोड ७ लाख रुपैयाँसम्म

बिजमाण्डू
२०८२ जेठ ११ गते १०:५६ | May 25, 2025
महिन्द्राका दुईटा इभी छिट्टै नेपाल आउने, मूल्य ७६ लाखदेखि १ करोड ७ लाख रुपैयाँसम्म

काठमाडौं। महिन्द्राको बहुप्रतिक्षित इभी गाडी छिट्टै नेपाल आउने भएको छ। महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले गाडी भित्र्याउन मूल्य सार्वजनिक गरेको छ।

Tata
GBIME

कम्पनीले भन्सार प्रयोजनका लागि आइतबार सार्वजनिक गरेको मूल्य अनुसार बीई६ का दुई र एक्स इभी ९ई का ३ भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुनेछन्। बीई६ का दुई भेरिएन्टको मूल्य क्रमशः ७६ लाख ३० हजार र ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक्स इभी ९ईका तीन भेरिएन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। यो मूल्य बिक्रीमा भने थपघट हुन्छ।

दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्स इभी ९ईको एउटा भेरिएन्टमा भने १९९ किलोवाटको मोटर छ। कम्पनीले दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध गराएको छ।