नागढुंगा-नौबिसे खण्ड निर्माण धमाधम, १५ दिन दैनिक साढे चार घण्टा आवागमन बन्द

बिजमाण्डू
२०८२ जेठ १० गते १२:३७ | May 24, 2025
नागढुंगा-नौबिसे खण्ड निर्माण धमाधम, १५ दिन दैनिक साढे चार घण्टा आवागमन बन्द


काठमाडौं। संघीय राजधानीको प्रवेशविन्दु नागढुंगा-नौबिसे सडकमा सवारी आवागमन हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ।

Tata
GBIME

नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिबारदेखि यही जेठ २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा आवागमन बन्द गरेर काम थालिएको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए।

आयोजनाले नागढुंगा-पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको जनाएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारी खानीखोलामा रोकिने जनाएको छ।

उक्त खण्डमा आवागमन बन्द हुँदा बाधा पर्ने सवारी प्रयोगकर्तालाई प्रहरीले विकल्पमा धार्के­-सीतापाइला तथा टोखा­-छहरे­-त्रिशूली­-गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।