सांग्रिला मोटर्सले संचालनमा ल्यायो कार्स क्याफे कन्सेप्टको मल्टी-ब्राण्ड शोरुम

बिजमाण्डू
२०८२ जेठ ९ गते १३:१९ | May 23, 2025
सांग्रिला मोटर्सले संचालनमा ल्यायो कार्स क्याफे कन्सेप्टको मल्टी-ब्राण्ड शोरुम

काठमाडौं। सांग्रिला मोटर्सले नारायणहिटी संग्रहालयको उत्तरढोकामा कार्स क्याफे कन्सेप्टको मल्टी-ब्राण्ड शोरुम संचालनमा ल्याएको छ।

Tata
GBIME

कम्पनीले सिट्रोन, लिपमोटर र प्यूज़ो गाडीको शोरूम सञ्चालनमा ल्याएको हो। यी सबै ब्रान्ड स्टेलान्टिस ग्रुप अन्तर्गतका हुन्। दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो शोरुम खोलेको हो।

स्टेलान्टिस इण्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले शोरुम उद्घाटन गरिन्।

स्टेलान्टिस इण्डियाका प्रमुख कार्यकारी अधिकृत शैलेशले नेपाल आफ्नो रणनीतिक बजार भएको बताए।

‘हासी सा‌ङ्ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय मोबिलिटीको समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्‌युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्ड नेपाली बजारमा प्रस्तुत गर्ने प्रतिबद्धता दोहोर्‍याउँछौं,’ उनले भने।

सांग्रिला मोटर्सका गोल्छाले ग्राहकहरुलाई नयाँ अनुभव दिन नयाँकन्सेप्टसहितको शोरुम सञ्चालनमा ल्याएको बताए।

‘सिट्रोन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं,’ उनले भने।