सहरी क्षेत्रमा नक्सापास गर्दा घरको इन्स्योरेन्स अनिवार्य गरिँदै, कर छुट दिइने

बिजमाण्डू
२०८२ जेठ ९ गते ११:३५ | May 23, 2025
सहरी क्षेत्रमा नक्सापास गर्दा घरको इन्स्योरेन्स अनिवार्य गरिँदै, कर छुट दिइने


काठमाडौं । सहरी क्षेत्रमा घरको नक्सा पास गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था एक वर्षभित्र कार्यान्वयन गरिने भएको छ।

Tata
GBIME

सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन गर्ने उल्लेख गरेको हो।

घरको निर्माणको नक्सा सम्पन्न प्रमाणपत्र लिँदा नै अनिवार्य बीमाको व्यवस्था गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले भनेको थियो।

सरकारले घरको बीमा अनिवार्य गर्दा बीमा प्रिमियम तिरेको रकम करमा घटाउने योजना बनाएको छ।

‘सहरी क्षेत्रमा घर निर्माणको नक्सा सम्पन्न प्रमाणपत्र लिंदा अनिवार्य रूपमा घरको बिमा गर्ने व्यवस्था गर्ने। बीमा प्रिमियम तिरेको रकम कर योग्य सम्पत्तिको मूल्य निर्धारण गर्दा घटाउने व्यवस्था गर्ने,’ सरकारले कार्ययोजनामा भनेको छ।

स्थानीय तह, सहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयले अनिवार्य बीमाको प्रावधानलाई लागू गराउन काम गर्ने भएका हुन।