ग्यास लिक हुँदा सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ठूलो क्षतिबाट जोगियो

बिजमाण्डू
२०८२ जेठ ७ गते ०९:४२ | May 21, 2025
ग्यास लिक हुँदा सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ठूलो क्षतिबाट जोगियो

काठमाडौंको सोह्रखुट्टेस्थित एक कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। कामपा-१६ स्थित सिग्मा कलेजको क्यान्टिनमा ग्यास लिक भएर आगलागी भएको हो।

Tata
GBIME

कलेज भवनको भुइँतलामा रहेको क्यान्टिनमा लागेको आगो बेलैमा नियन्त्रणमा लिइएकाले कलेज ठूलो क्षतिबाट जोगिएको छ। सशस्त्र, नेपाल प्रहरी र स्थानीय बासिन्दासँगै दमकलको सहयोगमा आगो निभाइएको हो।

आगोले क्यान्टिनको भान्सामा क्षति पुगेको छ। घटनामा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

आगो लागेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बलको २४ नम्बर बाघभैरव गुल्मबाट डीएसपी अशोककुमार न्यौपाने र कमाठमाडौं महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्रका सई धनबहादुर सुवेदीको कमाण्डमा टोली खटिएको थियो।