नेपाली महिला क्रिकेट टोली थाइल्याण्डसँग पराजित, दुबै टोलीले खेल्नेछन् ग्लोबल क्वालिफायर

बिजमाण्डू
२०८२ जेठ ६ गते १२:४० | May 20, 2025
नेपाली महिला क्रिकेट टोली थाइल्याण्डसँग पराजित, दुबै टोलीले खेल्नेछन् ग्लोबल क्वालिफायर
नेपाली महिला क्रिकेट टोली। तस्बिर; क्यान


काठमाडौं। नेपाली महिला क्रिकेट टोली थाइल्याण्डसँग पराजित भएको छ। आईसीसी महिला टी-२० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न सुपर ३ को अन्तिम खेलमा थाइल्याण्डले नेपाललाई ७८ रनको फराकिलो अन्तरले हराएको हो।

Tata
GBIME

थाइल्याण्डस्थित टेर्डथाइ स्टेडियममा नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएकी थिइन्।

सुरुवाती ब्याटिङमा उत्रिएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो।

थाइल्याण्डका लागि नत्तया बूचाथम र नन्नपट कोनचरोएन्काईले समान ५० रन बनाउँदा अफिसरा सुवनचोनरथीले २९ तथा नत्थकान चन्थमले १५ रन बनाए।

बलिङतर्फ नेपालका राजमति ऐरी र मनिषा उपाध्यायले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रनमा समेटियो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरीले अविजित २० तथा रुविना क्षेत्रीले १२ रन बनाए।

बलिङमा थाइल्याण्डकी ओन्निचा कामचोम्फुले सर्वाधिक ४ विकेट लिँदा थिपाचा पुत्थावोङले ३ र सुलीपोर्न लाओमीले १ विकेट लिए। नेपाल र थाइल्याण्ड यसअघि नै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन्।