
काठमाडौं । भुक्तानी प्रणाली संचालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) र हेल्थीच्वाइस एस्थेटिक अस्पताल बीच एससीटी-युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई सहुलियत दिने सम्झौता भएको छ।
सम्झौता अनुसार हेल्थीच्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा एसटीसी प्रयोगकर्ताले थप ५ प्रतिशतसम्मक छुट पाउनेछन्।
एससीटी-युपिआइ कार्ड प्रयोगकर्ताहरुले यो छुट पाउनका लागिआफ्नो एससीटी–युपिआइ कार्डमार्फतथ भुक्तानी गर्नुपर्नेछ। ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन्।
यस्तै, ओपिडि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकलप्याकेज, कपालप्रत्यारोपण, एमआइएफयुआरएफ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभलप्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरुमा थप २.५ प्रतिशत छुट पाउनेछन्।