विदेशी मुद्रा सञ्चिति २४.२६ खर्ब, चालु खाता र शोधनान्तर स्थिति पनि बलियो अवस्थामा

बिजमाण्डू
२०८२ बैशाख २८ गते १७:३४ | May 11, 2025
विदेशी मुद्रा सञ्चिति २४.२६ खर्ब, चालु खाता र शोधनान्तर स्थिति पनि बलियो अवस्थामा


काठमाडौं। आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी मुद्राको सञ्चितिले लगातार कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्ष चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेको छ।

Tata
GBIME

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकामा ९ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा थुप्रिएको विदेशी मुद्रा सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ।

यो वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा छ। गत वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो।

चैतसम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ। गत वर्ष सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो।