एसियन लाइफले सेबोनबाट पायो हकप्रद सेयर निष्कासनको अनुमति, चुक्ता पुँजी वृद्धि गरिने



बिजमाण्डू
२०८२ बैशाख २६ गते १६:०८ | May 9, 2025
एसियन लाइफले सेबोनबाट पायो हकप्रद सेयर निष्कासनको अनुमति, चुक्ता पुँजी वृद्धि गरिने

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले १:०.४२ अनुपातमा प्रति सेयर १०० रुपैयाँ दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ।

इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।

प्राधिकरणले २०७८ चैतमा एक वर्षभित्र पुँजी कायम गर्न निर्देशन दिएकामा कम्पनीले अहिले हकप्रद सेयर निष्कासन गरेर पुर्‍याउन लागेको हो। इन्स्योरेन्सको अहिले ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी छ।