चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो : नेपाल-भारत सीमा क्षेत्रमा नजानु

बिजमाण्डू
२०८२ बैशाख २६ गते १४:३१ | May 9, 2025
चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो : नेपाल-भारत सीमा क्षेत्रमा नजानु


नेपालस्थित चिनियाँ दूतावासले आफ्न नागरिकहरुलाई नेपाल-भारत सीमा क्षेत्रमा नजान अपिल गरेको छ।

Tata
GBIME
NLIC

पाकिस्तानसँग भारत युद्धमा होमिएपछि चिनियाँ दूतावसले विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा दूतावासले पाकिस्तान र भारतबीच युद्ध भइरहेको र नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको उल्लेख गरेको छ। सीमा क्षेत्रमा पछिल्लो समय सशस्त्र प्रहरीको संख्या बढाइएको र नेपाल भारतबीच खुला सीमा रहेकोले चिनियाँ नागरिकलाई सीमा क्षेत्रमा नजान भनिएको छ।

यस्तै, नेपाली भूमि हुँदै भारत प्रवेश नगर्न पनि दूतावासले भनेको छ।

पहलगाम आक्रमणपछि भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो। त्यसपछि दुवै देशबीच मिसाइल र ड्रोन हानाहान भइरहेको छ। दुवै पक्षबाट हालसम्म ५० बढीको मृत्यु भइसकेको छ।