रोयल इनफिल्डको स्क्राम ४४० को बिक्री भारतमा रोकियो, इन्जिनमा देखियो समस्या

बिजमाण्डू
२०८२ बैशाख २३ गते ०९:५१ | May 6, 2025
रोयल इनफिल्डको स्क्राम ४४० को बिक्री भारतमा रोकियो, इन्जिनमा देखियो समस्या


काठमाडौं । रोयल इनफिल्डले गत वर्ष सार्वजनिक गरेको स्क्रयाम ४४० बाइकको बिक्री हाललाई रोकिएको छ। स्क्रयाम ४४० बाइकको इन्जिनमा समस्या आएको गुनासो बढेपछि तत्कालका लागि कम्पनीले भारतमा यसको बिक्री रोकेको हो।

Tata
GBIME
NLIC

कम्पनीले हाल बाइककफ इन्जिनमा देखिएको समस्याको समाधान खोज्ने कार्य भइरहेको जनाएको छ।

रोयल इन्फिल्डको स्क्रयाम ४११ बाइक नेपाली बजारमा उपलब्ध थियो। उक्त बाइकको उत्पादन बन्द गरेर रोयल इन्फिल्ड स्क्र्याम ४४० आधिकारिक रुपमा नोभेम्बर २०२४ मा लन्च भएको थियो। भारतमा सो बाइकको डेलिभरी भने २०२५ को सुरुवातबाट भएको थियो। नेपालमा यो मोडलको बाइक भित्रिएको छैन।

कम्पनीले अर्को सूचना नआएसम्मका लागि भन्दै मोटरसाइकलको बुकिङ र बिक्री बन्द गरेको जनाएको छ।

इन्जिनको म्याजेन्टो भित्र रहेको वुड्रफ की भनिने कम्पोनेन्टको कारणले गर्दा बाइकको इन्जिनमा समस्या आएको कम्पनीको प्रारम्भिक अध्ययनले देखाएको छ। इन्जिन चलिरहेको बेला रोकिँदैन तर केही अवस्थामा बन्द भएपछि पनि पुन: सुरु गर्न खोज्दा भने इन्जिन स्टार्ट नै नहुने समस्या देखिएको छ।

कम्पनीमा अनुसार यो समस्या अहिलेसम्म बिक्री भएका बाइकहरुमध्ये करिब २ प्रतिशत बाइकमा देखिएको छ। समस्या देखिएपछि कम्पनीले अतिरिक्त सतर्कता अपनाएको दाबी गरेको छ।

रोयल इनफिल्डले जुन २०२५ सम्ममा फेरि बुकिङ र बिक्री सुरु गर्ने लक्ष्य राखेको छ। कम्पनीले आफ्नो इन्जिनियरिङ टिमहरु समस्या समाधान गर्न सक्रिय रूपमा काम गरिरहेका जनएको छ।

स्क्र्याम ४४० मा रोयल एनफिल्डको लागि लोकप्रिय बाइक बन्ने सम्भावना थियो। नयाँ स्क्र्यामले अघिल्लो हिमालयन/स्क्र्याम ४११ भन्दा बढि प्रदर्शन र रिफाइनमेन्टको साथै राम्रो ब्रेक र ६-स्पीड गियरबक्स जस्ता प्रमुख सुधारहरु गरेर बजारमा ल्याएको थियो।