वीरगंज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख राजस्व संकलन

बिजमाण्डू
२०८२ बैशाख २० गते १३:४५ | May 3, 2025
वीरगंज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख राजस्व संकलन


वीरगंज (पर्सा)। सिर्सियास्थित वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Tata
GBIME
NLIC

कार्यालयले उक्त अवधिमा वार्षिक लक्ष्यको ६१.३४ प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए।

कार्यालयले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो।

त्यस्तै मंसिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड र चैतमा ४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ।

भन्सार विभागले उक्त कार्यालयका लागि चालु वर्ष ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ। रासस