दुबईको एटीएममा नेपालको पर्यटन प्रवर्धन, टुर अपरेटर र ट्राभल एजेन्टसँग छलफल

बिजमाण्डू
२०८२ बैशाख १९ गते १६:२४ | May 2, 2025
दुबईको एटीएममा नेपालको पर्यटन प्रवर्धन, टुर अपरेटर र ट्राभल एजेन्टसँग छलफल


काठमाडौं। देशका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने भन्दै नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अरबियन ट्राभल मार्केट (एटीएम)मा सहभागिता जनाएको छ।

Tata
GBIME
NLIC

बोर्डका वरिष्ठ प्रबन्धक नवीन पोखरेलले एटीएमलाई विश्व बजारमा नेपालको प्रवर्धन गर्न उपयोग गरेको बताए।

दुबई वर्ल्ड ट्रेड सेन्टरमा अप्रिल २८ देखि मे १ सम्म भएको मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनाबारे अवगत गराएको बोर्डले जनाएको छ।

पोखरेलको नेतृत्वमा गएको टोलीले अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग छलफल गरेको थियो। टोलीमा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए।