
काठमाडौं। सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको समारोहमा देशको सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याएकालाई विभिन्न विधामा सम्मान गरिएको हो।
मन्त्रालयले यो वर्ष नेसनल आइसीटी एक्सिलेन्स अवार्डबाट प्रा.डा शशीधर राम जोशी र नेसनल आइसीटी एक्सिलेन्स अवार्ड (महिला)बाट बन्धना शर्मालाई सम्मान गरेको छ।
यस्तै, नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर)बाट जल तथा मौसम विज्ञान विभाग, नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर-प्रदेश/स्थानीय)बाट ललितपुर महानगरपालिका, नेसनल आइसीटी इनोभेसन अवार्डबाट इकागजपत्र प्रालिलाई मन्त्रालयले सम्मान गरेको छ।
नेसनल आइसीटी स्टार्टअप अवार्डबाट ट्याकुम डिजिटल प्रालि, नेसनल आइसीटी अवार्ड (प्राइभेट सेक्टर)बाट म्याभेरियम सिस्टम प्रालि, नेसनल आइसीटी अवार्ड (प्राइभेट सेक्टर-प्रदेश/स्थानीय)बाट निन्जा इफोसिस् प्रालिलाई मन्त्रालयले सम्मान गरेको छ।
त्यसैगरी, मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सूचना प्रविधि क्षेत्रबाट सबैभन्दा धेरै आयकर तिरेका एनसेल, फोनपे पेमेन्ट्स सोलुसन्स र इसेवा लिमिटेडलाई सम्मान गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर धेरै विदेशी मुद्रा भित्र्याउने सेडारगेट सर्भिसेस् प्रालि, स्प्राउट टेक्नोलोजी सर्भिस प्रालि र लिपफ्रग टेक्नोलोजी नेपाललाई सम्मान गरेको छ।