सुनको भाउ आज स्थिर, चाँदी भने तोलामा १५ रुपैयाँ बढ्यो, कतिमा भइरहेको छ कारोबार?



बिजमाण्डू
२०८२ बैशाख १९ गते ११:३७ | May 2, 2025
सुनको भाउ आज स्थिर, चाँदी भने तोलामा १५ रुपैयाँ बढ्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं। घट्न थालेको सुनको भाउ शुक्रबार स्थिर छ। बिहीबार सुन तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Tata
GBIME
Nepal Life

बुधबार सुनको भाउ प्रति तोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो। मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८८ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेर प्रति तोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९३० रुपैयँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार चाँदी तोलामा ५० रुपैयाँ घटेर प्रति तोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य मंगलबार स्थिर थियो। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो। बुधबार ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँ भएको थियो।

सुनको भाउ बढ्दै गएपछी ग्राहकले पुरानो सुन बिक्री गर्न थालेका थिए। सिजनमा भाउ महङगिएपछि ग्राहकले पुरानो सुन ल्याएर नयाँ गहना बनाउदै आएका थिए।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस ३२५३.७६ डलर छ। चाँदी प्रति औंस ३२.६७ डलर छ।