ठेक्कापट्टाबाट हुने आम्दानी घटेपछि सुबिसुको व्यापार ३ अर्ब २८ करोड रुपैयाँमा सीमित

बिजमाण्डू
२०८२ बैशाख १६ गते १६:५४ | Apr 29, 2025
ठेक्कापट्टाबाट हुने आम्दानी घटेपछि सुबिसुको व्यापार ३ अर्ब २८ करोड रुपैयाँमा सीमित


काठमाडौं। ठेक्कापट्टाबाट हुने आम्दानी घटेपछि इन्टरनेट सेवा प्रदायक सुबिसुको कारोबार घटेको छ। देशको चौथो ठूलो इन्टरनेट सेवा प्रदायक सुबिसुको व्यापार एकैवर्ष १८ करोड रुपैयाँले घटेको हो।

Tata
GBIME
NLIC

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालकाअनुसार सुबिसुले सन् २०२४ मा ३ अर्ब २८ करोड रुपैयाँको व्यापार गरेको छ। जबकि अघिल्लो वर्ष सन् २०२३ मा कम्पनीले ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार गरेको थियो। सन् २०२२ मा सुबिसुको व्यापार ३ अर्ब ७७ करोड रुपैयाँ थियो।

चैतसम्म सुबिसुसँग कुल ३ लाख १२ हजार ६२७ इन्टरनेट ग्राहक छन्। सुबिसुको बजार हिस्सा १० प्रतिशत छ।

सुबिसुले सन् २०२४ मा आफ्नो आम्दानीको ५४ प्रतिशत हिस्सा रिटेल ग्राहकबाट आर्जन गरेको छ। सन् २०२३ मा यो ५२ प्रतिशत थियो। सन् २०२४ मा आम्दानीको ३४ प्रतिशत हिस्सा कर्पोरेट ग्राहकबाट आम्दानी गरेको सुबिसुले ७ प्रतिशत विभिन्न परियोजनाबाट आर्जन गरेको छ। सन् २०२३ मा कर्पोरेट ग्राहकबाट २४ प्रतिशत र परियोजनाबाट १७ प्रतिशत आर्जन गरेको थियो। सुबिसु इन्टरनेटसम्बन्धी विभिन्न सरकारी तथा संस्थागत ठेक्कापट्टामा सहभागी हुँदै आएको छ।

सन् २०२४ मा टेलिभिजन सेवाबाट सुबिसुले ५ प्रतिशत आम्दानी गरेको छ।