डिप्रोक्स लघुवित्तको नाफा ६८.९२ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा कति ?

बिजमाण्डू
२०८२ बैशाख १६ गते १०:३७ | Apr 29, 2025
डिप्रोक्स लघुवित्तको नाफा ६८.९२ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा कति ?


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था खुद नाफामा बढाउन सफल भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ७०.८१ प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

प्रोभिजनिङ राइट ब्याक गर्दा लघुवित्तको नाफा बढेको हो। साथै, लघुवित्तको ब्याज आम्दानी समेत बढेको छ।

चैतसम्म लघुवित्तले कर्जा नोक्सानीबापत गरेको २५ करोड ९० रुपैयाँ प्रोभिजनिङ राइट ब्याक गरेको छ।

चैत मसान्तसम्म लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ५२.३५ प्रतिशतले बढेको छ। खराब कर्जा ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशतमा पुगेको छ।

चैतमा लघुवित्तको वितरणयोग्य नाफा ३६ करोड १६ लाख रुपैयाँ छ।

लघुवित्तको प्रति सेयर आम्दानी ३०.८४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १९५.५१ रुपैयाँ छ।