इलन मस्कको स्टारलिंकलाई टक्कर दिन जेफ बेजोसले अर्बिटमा पठाए इन्टरनेट सेटलाइट

बिजमाण्डू
२०८२ बैशाख १६ गते ०९:४७ | Apr 29, 2025
इलन मस्कको स्टारलिंकलाई टक्कर दिन जेफ बेजोसले अर्बिटमा पठाए इन्टरनेट सेटलाइट

काठमाडौं। इलन मस्कको स्टारलिंकसँग प्रतिस्पर्धा गर्न अमेजनले पहिलो ब्याचको इन्टरनेट सेटलाइट अर्बिटमा पठाएको छ। सोमबार अमेजनले इन्टरनेट सेटलाइट अर्बिटतर्फ पठाएको हो। जहाँ अहिले नै स्पेसएक्सको हजारौं स्टारलिंक सेटलाइट सक्रिय छन्।

Tata
GBIME

अर्बिटमा पुगेपछि अमेजनका सेटलाइट ६३० किलोमिटरको दूरीमा पुग्ने छन्। अमेजनले सन् २०२३ मै दुईवटा सेटलाइट परीक्षण गरेको थियो। त्यबाट अनुभव बटुलेर अमेजनले अहिले पठाएका सेटलाइटमा धेरै सुधार गरेको बताइएको छ।

मस्कपछि विश्वका दोस्रो धनाढ्य जेफ बेजोसले ब्लू ओरिजिन नामक रकेट कम्पनी चलाइरहेका छन्। जसको बलमा बेजोस ३२०० भन्दा बढी सेटलाइट अर्बिटमा पुर्‍याउने तयारीमा छन्। यही सेटलाइटमार्फत विश्वभर द्रुत, सुलभ ब्रोडब्यान्ड सेवा दिने लक्ष्यमा अमेजन छ।

मस्कको स्पेसएक्सले सन् २०१९ देखि अहिलेसम्म ८ हजारभन्दा बढी सेटलाइट अर्बिटमा पठाइसकेको छ। पृथ्वीभन्दा ५५० किलोमिटरमाथि स्टारलिंकका ७ हजारभन्दा बढी सेटलाइट सक्रिय छन्।