लगानी बोर्डको संगठन संरचना फेरियो, पाँच वर्षे रणनीति कार्यान्वयन गर्न निर्देशनालय

बिजमाण्डू
२०८२ बैशाख १४ गते २०:१४ | Apr 27, 2025
लगानी बोर्डको संगठन संरचना फेरियो, पाँच वर्षे रणनीति कार्यान्वयन गर्न निर्देशनालय


काठमाडौं। लगानी बोर्डको संगठन संरचनाको नयाँ खाका बनाइएको छ। बोर्डले पाँच वर्षे रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि भन्दै संगठन संरचनाको नयाँ खाका बनाएको हो।

Tata
GBIME
NLIC

आइतबार सिंहदरबारमा बसेको बोर्डको ६१औं बैठकले खाका स्वीकृत गरेको छ। स्वीकृत खाका अनुसार बोर्डमा अब विभिन्न निर्देशनालय रहनेछन्।

पाँच वर्षे रणनीतिमा १४ वटा परियोजना निर्माण गर्ने, निजी लगानीका ९२ परियोजनामा लगानी स्वीकृत गर्ने लगायत लक्ष्य लिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायलाई उद्यृत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।