क्यान विभाजन विधेयक फिर्ता लिन कर्मचारीको दबाब, महानिर्देशकको सचिवालयमा तालाबन्दी

बिजमाण्डू
२०८२ बैशाख १४ गते १३:०६ | Apr 27, 2025
क्यान विभाजन विधेयक फिर्ता लिन कर्मचारीको दबाब, महानिर्देशकको सचिवालयमा तालाबन्दी


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन सम्बन्धी विधेयक फिर्ता लिन कर्मचारीहरुले दबाब बढाएका छन्। क्यानका कर्मचारीले आइतबार महानिर्देशकको सचिवालयमा तालाबन्दी गरेका छन्।

Tata
GBIME
NLIC

कर्मचारी यनियनका अध्यक्ष सुवास कोइरालाले विधेयक फिर्ता लिन दबाबस्वरुप आफूहरु तालाबन्दीमा उत्रिएको बताए। ‘हामीले आज बोर्ड हल र महानिर्देशकको सचिवालयमा ताला लगाएका छौं,’ उनले भने।

तालाबन्दीका साथै कर्मचारीहरु एक घण्टा धर्नामा बसेका छन्। ‘हाम्रो माग सुनुवाइ भएन भने थप दबाबमूलक कार्यक्रम गर्नेछौं,’ अध्यक्ष कोइरालाले भने।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रतिनिधि सभाको आइतबारको बैठकमा नेपाल हवाई सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तालिका छ।