शिक्षक प्रदर्शनका कारण आज पनि माइतीघर-नयाँ बानेश्वरमा सवारी चल्न सकेन, भित्री सडकमा चाप

बिजमाण्डू
२०८२ बैशाख १४ गते १२:४४ | Apr 27, 2025
शिक्षक प्रदर्शनका कारण आज पनि माइतीघर-नयाँ बानेश्वरमा सवारी चल्न सकेन, भित्री सडकमा चाप


काठामाडौं । आज पनि शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर-नयाँबानेश्वर सडकखण्डमा सवारीसाधन चल्न सकेको छैन। यतिबेला विभिन्न स्थानबाट गाडी डाइभर्ट गरिएको छ।

Tata
GBIME
NLIC

जडिबुटी, कोटेश्वर, ग्वार्को, गौरीघाट, मित्रपार्क, हनुमानथान,  माइतीघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, बनस्थली, ढुङ्गेधारा,  र माछापोखरी हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेको ट्रोफिक प्रहरीले जनाएमको छ। क्यु  रहेका  स्थानमा  ट्राफिक प्रहरीले  सवारी आवागमन सहज  बनाउने प्रयास गरिरहेको छ। 

यसबाहेक  अन्य   मुख्य -मुख्य  चोकहरू  हुँदै  चल्ने सवारी  साधन ट्राफिक  व्यवस्थापनको क्रममा  केही  समय  रोकिनुपर्ने अवस्था  रहेको छ।

यस्तै, मातातीर्थ औंसीका कारण काठमाडौँको मातातिर्थतर्फ जाने सवारी साधनलाई बिहानैबाट डाइभर्ट गरिएको छ।

मातातीर्थमा भक्तजनहरुको भिडभाड रहेकाले आज बिहानैदेखि सवारी साधनलाई गुर्जुधारा, दुरसंचार अगाडी,  भकुण्डेचौर,  मातातिर्थ चौकी,  फनपार्क र लियोपार्क नजिकबाट डाइभर्ट गरिएको हो। जसका कारण यतिबेला कलंकी ढुङ्गेअड्डा, नैकाप, गुर्जुधारा, सिप्रदी, सतुङ्गल, दुरसञ्चार  अगाडिको  सडक  र  थानकोट  भएर चल्ने सवारी साधन क्युमा चलिरहेका छन्।

भक्तजनहरुको सवारी साधनलाई  भने भकुण्डे चौर, लियोपार्क र फनपार्क नजिकै पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ।