वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल सञ्चालन निर्देशिका संशोधन, अध्यक्षलाई तजबिजी अधिकार

बिजमाण्डू
२०८२ बैशाख १२ गते १६:२३ | Apr 25, 2025
वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल सञ्चालन निर्देशिका संशोधन, अध्यक्षलाई तजबिजी अधिकार

काठमाडौं। नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशिका २०८१ संशोधन गरेको छ।

Tata
GBIME

प्राधिकरणले निर्देशिकामा दोस्रो संशोधन गरेर पुलको सदस्य हेरफेर गर्ने तजबिजी अधिकार अध्यक्षमा रहने व्यवस्था गरेको छ।

वैदेशिक रोजगार विभागमा सूचीकृत भएर लगातार तीन महिनासम्म बीमालेख जारी गर्ने इन्स्योरेन्स मात्रै पुलको सदस्य रहन्छन्।

सदस्यता खारेज भएका र विभागमा सूचिकृत नभएका इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न पाउँदैनन्।

वैदेशिक रोजगार म्यादी जीवन बीमाको पुलको काम रि-इन्स्योरेन्स कम्पनीलाई दिइएको छ। प्रधिकरणले यसअघि चैतमा निर्देशिकाको पहिलो संशोधनमार्फत रि-इन्स्योरेन्सले चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रुपमा काम गर्ने व्यवस्था गरेको थियो।

प्राधिकरणले पुल सदस्यलाई संशोधनमार्फत सहुलियत दिएको छ। इन्स्योरेन्सले बीमालेख जारी गर्दा कोष प्रवर्धकको खातामा प्रत्येक महिनाको १ गते देखि १५ गते सम्मको विवरण १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।