प्रधानमन्त्री ओलीले भट्टराईको ठाउँमा रघुजी पन्तलाई बनाए शिक्षामन्त्री

बिजमाण्डू
२०८२ बैशाख १० गते १७:४८ | Apr 23, 2025
प्रधानमन्त्री ओलीले भट्टराईको ठाउँमा रघुजी पन्तलाई बनाए शिक्षामन्त्री


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका सांसद रघुजी पन्तलाई शिक्षामन्त्री बनाएका छन्। एमालेकै विद्या भट्टराईले राजीनामा दिएको पर्सिपल्ट ओलीले पन्तलाई शिक्षामन्त्री बनाएका हुन्।

Tata
GBIME
NLIC

ओलीको असहयोगका कारण भट्टराईले गत सोमबार राजीनामा दिएकी थिइन्। नवनियुक्त शिक्षामन्त्री पन्तलाई पन्तलाई पुनर्गठित मन्त्रिपरिषद्‍मा ८औं नम्बरको वरीयतामा राखिएको छ।

पन्तले प्रतिनिधि सभाको चैत ३ गतेको बैठकमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मन्त्री फेर्न ओलीलाई सुझाव दिएका थिए। त्यसको एक महिनापछि उनी आफैं मन्त्री बनेका छन्।

समानुपातिक सांसद पन्त एमालेका स्थायी कमिटी सदस्य हुन्। उनले यसअघि श्रममन्त्रीको रुपमा काम गरेका थिए। एमालेको राजनीतिमा सधैंजसो माधव नेपाल निकट रहेर काम गरेका पन्त ओलीसँग नजिक भएको धेरै भएको छैन।

नेपालले २०७८ भदौ पहिलो साता एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्दा पन्तले उनलाई साथ दिन अस्वीकार गरेका थिए। ओलीविरुद्ध नेपाललाई उकास्नेमा पन्त अग्रपंक्तिमा थिए।

२०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार पन्त थिए। त्यसअघि नेपालकै सिफारिसमा पन्तले श्रम मन्त्रालय सम्हालेका थिए।