मनोहरलाल खट्टरले गरे अरुण-३ को अवलोकन, पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्य सुरुवात

बिजमाण्डू
२०८२ बैशाख ९ गते १५:५८ | Apr 22, 2025
मनोहरलाल खट्टरले गरे अरुण-३ को अवलोकन, पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्य सुरुवात


काठमाडौं। भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत परियोजनाको अवलोकन गरेका छन्।

Tata
GBIME
NLIC

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँगै उनले भारतीय कम्पनी एसजेभिएन लिमिटेडले निर्माण गरिरहेको अरुण-३ जलविद्युत परियोजनाको संयुक्त रूपमा अवलोकन गरेका हुन्।

त्यसक्रममा दुवै मन्त्रीले त्यहाँको प्रगतिको समीक्षा गरेका थिइ। साथै, सम्बन्धित अवरोधहरूको समाधान गर्ने तरिकाहरूबारे छलफल गरेका थिए।

खट्टरले पावरहाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको समेत सुरुवात गरेका छन्।

पढ्नुस : भारतीय प्राथमिकताको आयोजना अरुण-३ को निर्माण प्रगति कति? जग्गाप्राप्तिमा अझै समस्या