पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड

बिजमाण्डू
२०८२ बैशाख ७ गते १४:५५ | Apr 20, 2025
पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति एवं पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन्।

Tata
GBIME
NLIC

आज विराटनगर पुगेका उनले पूर्व राष्ट्रपति एवं पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताएका हुन्।

पूर्व उपरराष्ट्रपति नन्दकिशोर पुन अहिले सक्रिय रुपमा माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन्। यस्तै, एमालेमा पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फर्किने चर्चा चलिरहेको छ। यी दुवैजना राजनीतिमा फर्किने विषयको आलोचना भइरहँदा प्रचण्डले कुनै बाधन नभएको बताएका छन्।

यस्तै, प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको बताए।