
काठमाडौं । सुन र चाँदीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटेको टोलीले सहरका विभिन्न सुन रिफाइनिङ एन्ड टंच सेन्टरहरुमा खानतलासी गरेको थियो।
खोजतलासका क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबैजना भारतीय नागरिक भएको खुलेको छ। पक्राउ पर्नेहरु हाल जोरपाटी, बुढानीलकण्ठ र चाबहिल बस्दै आइरहेका थिए। पक्राउ पर्नेमा २० देखि ३८ वर्ष उमेरका भारतीय नागरिक छन्।
प्रहरीले जोरपाटी, कपन र चाबहिलबाट १ करोड ७० लाख १० हजार ६० ग्राम सुन, ३० लाख ९ हजार ९१ ग्राम चाँदी बरामद गरेको छ।
यस्तै, उनीहरुको साथबाट ८ लाख २७ हजार ५०० नेपाली रुपैयाँ र ११ हजार ७०० भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग पठाइएको छ।
