फिसिङ लिंक पठाएर ४ हजार वालेट प्रयोगकर्ताबाट १ करोड रुपैयाँ चोरी गरेका व्यक्ति पक्राउ

बिजमाण्डू
२०८२ बैशाख ३ गते १७:२३ | Apr 16, 2025
फिसिङ लिंक पठाएर ४ हजार वालेट प्रयोगकर्ताबाट १ करोड रुपैयाँ चोरी गरेका व्यक्ति पक्राउ


काठमाडौं । प्रहरीले इसेवाबाट १ करोड १२ लाख रुपैयाँ चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। फिसिङ लिंका पठाई विभिन्न वालेटको रकम चोरी गरेको अभियोगमा प्रहरीले काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो।

Tata
GBIME
NLIC

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ मंगलबार नियन्त्रणमा लिएको हो।

बुढाले विभिन्न व्यक्तिलाई एसएमएस मार्फत फिसिङ लिंक पठाएर खाता ‘सस्पेन्ड’ हुन लागेको भनेर चेतावनी पठाउने गरेका थिए। अलर्ट मेसेजमा उनले भेरिफाईको लागि लिंक खोल्न भन्दै विभिन्न वालेटमा अनाधिकृत पहुँच पुर्‍याउँदै ४ हजार भन्दा बढी व्यक्तिहरुको मौज्दात रकम चोरी गरेका थिए।

त्यसरी प्राप्त गरेको १ करोड २ लाख रुपैयाँ उनले पशुपति ग्लोबल इनोभेसन प्रा लिको खातामा ट्रान्सफर गरेको समेत अनुसन्धानका क्रममा खुलेको छ।

उनलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।