वर्षको सुरुमा घट्यो सुनको भाउ, मंगलबार तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँ

बिजमाण्डू
२०८२ बैशाख २ गते ११:२३ | Apr 15, 2025
वर्षको सुरुमा घट्यो सुनको भाउ, मंगलबार तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँ


काठमाडौं। नयाँ वर्ष २०८२ को प्रारम्भमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार सुन तोलामा १ हजार ७ सय र चाँदी १५ रुपैयाँ घटेको छ।

Tata
GBIME
NLIC

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। २०८१ सालको अन्तिम दिन गत आइतबार एक हजार रुपैयाँ बढेर प्रति तोला १ लाख ८६ हजार रुपैयाँ भएको थियो।

चाँदी १५ रुपैयाँ घटेर तोलाको १ हजार ९ सय ४५ रुपैयाँ भएको छ। गत आइतबार १ हजार ९ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३२२७.४५ डलर छ। चाँदी प्रतिऔंस ३२.३२ डलर छ।