
काठमाडौं । मिडियाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू इरा अफ स्मार्ट लिभिङ’ अभियान सुरु गरेको छ।
यो अभियान अन्तर्गत ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै लक्की ड्र र क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।
मिडिया ५११ लिटर मल्टीडोर रेफ्रिजिरेटर प्राप्त गर्न सक्नेछन्। यस्तै, मासिक लक्की ड्रमा मिडिया ८ किलो वासिङ मेसिन र सुनिश्चित पुरस्कारका रुपमा वासिङ मेसिन र डीडी रेफ्रिजिरेटर मिडिया राइस कुकुर पाउन सकिने जनाइएको छ।
यस्तै, साइड बाइ साइड र मल्टी डोर रेफ्रिजिरेटरमा इन्डक्सन कुकर, ग्रिल/कन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट र डिसवासरमा दुई वटा डिसवासर ट्याब्लेटहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
साथै, ग्राहकहरुले ३७ हजार ७०० रुपैयाँ सम्मको क्यासब्याक समेत प्राप्त गर्न सक्ने जनाइएको छ।
यो अभियानमा सहभागी हुन ग्राहकहरले सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरेर खरिद दर्ता गर्नुपर्नेछ।
यो योजना चैत्र २७ गतेदेखि सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ।