८ महिनामा २१.८३ अर्बको सार्वजनिक निष्कासन, आइपीओ अनुमति पाउने कम्पनी पाँचवटा मात्रै

बिजमाण्डू
२०८१ चैत्र २८ गते १५:३० | Apr 10, 2025
८ महिनामा २१.८३ अर्बको सार्वजनिक निष्कासन, आइपीओ अनुमति पाउने कम्पनी पाँचवटा मात्रै


काठमाडौं। चालु आर्थिक वर्ष ८ महिनामा २१ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको सार्वजनिक निष्कासन भएको छ।

Tata
GBIME
NLIC

नेपाल धितो पत्र बोर्ड (सेबोन)ले चालु वर्ष फागुनसम्म आइपीओ, हकप्रद सेयर, ऋणपत्र र सामूहिक लगानी कोष गरेर २६ वटा सार्वजनिक निष्कासन स्वीकृत गरेको हो।

सबैभन्दा धेरै ११ वटा म्युचुअल फण्डले १० अर्ब २० करोड रुपैयाँको सार्वजनिक निष्कासन गरेका छन्। हकप्रद सेयर ७ कम्पनीले ९ अर्ब २९ करोड ६५ लाख रुपैयाँको निष्कासन गरेका छन्। यस्तै, आइपीओ ५ कम्पनीले १ अर्ब १ करोड रुपैयाँको निष्कासन गरेकामा ऋणपत्र १ अर्ब ३२ करोड रुपैयाँको निष्कासन गरिएको छ।

कम्पनीसार्वजनिक निष्कासन रु दश लाखमा
नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन२३४६.८
एनएलजी इन्स्योरेन्स९६३.१
लिबर्टी इनर्जी७५०
बलेफी हाइड्रोपावर१८२७.९७
ङादी ग्रुप पावर१८५१.३
नेको इन्स्योरेन्स५०३.१
दोर्दीखोला जलविद्युत१०५४.३
गार्डियन माइक्रो लाइफ२२५
नेपाल माइक्रो इन्स्योरेन्स२२५
क्रेस्ट माइक्रो लाइफ२२५
ओम मेगाश्री१८०
पियोर इनर्जी१६०
एनएमबि सरल बचत फण्ड इ (खुलामुखी)२००
सिद्धार्थ व्यवस्थित लगानी योजना५००
मुक्तिनाथ म्युचुअल फण्ड१०००
एनएमबि सरल बचत फण्ड इ (खुलामुखी)२००
गरिमा समृद्धि योजना१०००
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड१०००
एनआईबिएल सहभागिता२०००
नबिल फ्लेक्सी क्याप फण्ड५००
एनएमबि हाइब्रिड फण्ड एल २१२००
एनएमबि सरल बचत फण्ड इ(खुलामुखी)४००
सानिमा फ्लेक्सी फण्ड१०००
एमबिएल इक्विटी फण्ड१२००
आइसीएफसी फाइनान्स लिमिटेड१२०
एभरेष्ट बैंक१२००
कुल२१८३१.५