सेयर बजार ५.५७ अंकले ओरालो, नेप्से २६७०.७० विन्दुमा आइपुग्दा ५ अर्ब ६३ करोडको कारोबार

बिजमाण्डू
२०८१ चैत्र २८ गते १५:२९ | Apr 10, 2025
सेयर बजार ५.५७ अंकले ओरालो, नेप्से २६७०.७० विन्दुमा आइपुग्दा ५ अर्ब ६३ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक बिहीबार ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा आइपुगेको छ।

Tata
GBIME

कारोबारमा आएका हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्। १३१ कम्पनीको मूल्यमा गिरावट आएको छ।

बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ५.०७ प्रतिशतले घटेको छ। ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। बजारमा ५ अर्ब ६३ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको सबैभन्दा धेरै ३५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरर एण्ड डेभलपमेन्ट क्मपनीको ३५ करोड २९ लाख, हिमालयन रि-इन्स्योरेन्सको ३० करोड ५० लाख र सीइडीबी होल्डिङ्सको २९ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।