डिपल इभीको नयाँ शोरुम चितवनमा, तीन दिनका लागि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प

बिजमाण्डू
२०८१ चैत्र २८ गते १४:३८ | Apr 10, 2025
डिपल इभीको नयाँ शोरुम चितवनमा, तीन दिनका लागि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प


काठमाडौं। नेपालका लागि चांगनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले चितवनमा डिपल इभीको शोरुम खोलेको छ। कम्पनीले राजहंस अटोमोबाइलमार्फत डिपल इभीको शोरुम खोलेको हो।

Tata
GBIME
NLIC

चित्तवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक डिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले डिपल एस०७एल र डिपल ई०७ सार्वजनिक गरे।

नयाँ शोरुम खुलेको अवसरमा एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ। यो अवधिमा ग्राहकले डिपल ई०७, डिपल एस०७, डिपल एस०७ एल र डिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा डिपल इभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले ७ किलोवाट चार्जर र एसेसोरिज नि:शुल्क पाउनेछन्। आकर्षक नगद छुट, राम्रो भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ।