समिट एयरले स्थापनाकालदेखि कार्यरत क्याप्टेन मनीष पन्तलाई दियो आइपीको जिम्मेवारी

बिजमाण्डू
२०८१ चैत्र २८ गते १३:४८ | Apr 10, 2025
समिट एयरले स्थापनाकालदेखि कार्यरत क्याप्टेन मनीष पन्तलाई दियो आइपीको जिम्मेवारी


काठमाडौं। दुर्गम गन्तव्यतर्फ उडान गर्दै आएको वायुसेवा कम्पनी समिट एयरको इन्स्ट्रक्टर पाइलट (आइपी)मा मनीष पन्त नियुक्त भएका छन्।

Tata
GBIME
NLIC

समिट एयरले स्थापनाकालदेखि नै कार्यरत क्याप्टेन पन्तलाई प्रशिक्षक पाइलटको जिम्मेवारी दिएको हो।

‘समिटको आफ्नै तालिम संस्थाबाट तालिम दिएर क्याप्टेन पन्तलाई आइपीको जिम्मेवारी दिइएको हो,’ कम्पनीका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘नागरिक उड्डयन प्राधिकरणले पनि मान्यता दिइसकेको छ।’

४ वटा जहाजमार्फत लुक्ला, सिमकोट लगायत दुगम गन्तव्यमा उडान गर्दै आएको यो कम्पनीमा ११ जना क्याप्टेन छन्।