मेलम्चीको खानेपानी वितरण हुने साढे ६८ हजार घरमा नयाँ मिटर नि:शुल्क जडान

बिजमाण्डू
२०८१ चैत्र २७ गते १७:४७ | Apr 9, 2025
मेलम्चीको खानेपानी वितरण हुने साढे ६८ हजार घरमा नयाँ मिटर नि:शुल्क जडान


काठमाडौं। मेलम्चीको खानेपानी वितरण हुँदै आएकामध्ये ६८ हजार भन्दा धेरै घरमा नयाँ मिटर नि:शुल्क जडान गरिएको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ६८ हजार ६८३ घरमा नयाँ मिटर जडान गरिएको बताएको हो।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनमार्फत खानेपानी आपूर्ति हुँदै आएका घरमध्ये ८५ प्रतिशतभन्दा बढीमा नयाँ मिटर जडान गरिएको निर्देशनालयका प्रवक्ता विकेश वधानथाछेले बताए।

निर्देशनालयले नमुनाका रूपमा काठमाडौंको चःमती क्षेत्रमा ३७० र अनामनगर क्षेत्रमा ४६७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्करूपमा जडान गरिएको जनाएको छ।

निर्देशनालयका अनुसार स्मार्ट मिटर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक प्रणालीमार्फत रिडिङ गर्न थालिएको छ।