अछामको जयगढ बजारमा आगलागी, २७ वटा घर-पसल नष्ट, ७ करोडभन्दा बढीको क्षति

बिजमाण्डू
२०८१ चैत्र २७ गते ०९:०२ | Apr 9, 2025
अछामको जयगढ बजारमा आगलागी, २७ वटा घर-पसल नष्ट, ७ करोडभन्दा बढीको क्षति
तस्वीर : रासस


काठमाडौं। अछामको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार जयगढमा मंगलबार बेलुकी आगलागी हुँदा ठूलो क्षति भएको छ। पुष्पराज शर्माको आइएमई सेन्टर रहेको घरबाट सुरु भएको आगलागीमा २७ वटा घर र तिनमा रहेका पसल ध्वस्त भएका छन्।

Tata
GBIME
NLIC

बेलुकी करिब साढे ७ बजे सुरु भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनामा ७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।

आगलागीमा सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरु क्षति भएको छ। शिवगढ बजार क्षेत्रमा सडक साँघुरो छ, पानीको स्रोत छैन। त्यसैले आगलागी नियन्त्रणमा लिन निकै गाह्रो परेको थियो। आगो निभाउन स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना खटिएका थिए भने  मंगलसेन नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।