नारायणगढ–बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द हुने

बिजमाण्डू
२०८१ चैत्र २७ गते ०८:५६ | Apr 9, 2025
नारायणगढ–बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द हुने


काठमाडौं । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

Tata
GBIME
NLIC

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।

चैत ३१ गतेसम्म यो समय तालिका कायम रहनेछ। बैशाख १ गतेदेखि राति ११ बजे देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ।