मन्त्री दाहालले अटो व्यवसायीसामु भने- इभीको ब्याट्री व्यवस्थापनका लागि सरकारले काम गरिरहेको छ

बिजमाण्डू
२०८१ चैत्र २६ गते २०:०८ | Apr 8, 2025
मन्त्री दाहालले अटो व्यवसायीसामु भने- इभीको ब्याट्री व्यवस्थापनका लागि सरकारले काम गरिरहेको छ
देवेन्द्र दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन (इभी)को ब्याट्री व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताएका छन्।

Tata
GBIME
NLIC

नाडा अटोमोबाइल्स एसोसियन अफ नेपालले मंगलबार काठमाडौंमा गरेको अटो डाइलगमा उनले इभीको ब्याट्री कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकारले काम गरिरहेको बताएका हुन्।

‘हामीलाई विश्वले विस्तारै विस्तारै ट्रान्सपोर्ट क्षेत्र र पूर्वाधार वातावरणमैत्री बनाउनु पर्ने बाध्यतामा पुर्‍याएको छ। इभीको प्रयोग बढाउँदै जाँदा ब्याट्रीको व्यवस्थापन देखिएको चुनौतीको समाधान गर्नमा संसार तयार भइरहेको छ। हामी पनि तयार हुनुपर्छ। त्यसका लागि हामीले काम गरिरहेका छौं,’ उनले भने।

उनले के काम गरिरहेको भन्नेचाहिं खुलाएनन्।

उनले सडक पूर्वाधार र अटो क्षेत्र एक अर्कासँग जोडिएको भन्दै आर्थिक शिथिलताका कारण सडक बनाउने काममा अपेक्षित प्रगति नभएको बताए।